एमसीसी परियोजना पारित भएसंगै अमेरिकी सेनाको जहाज नेपालमा


संयक्त राज्य अमेरिकी सेनाको जहाज शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । शुक्रबार बिहान अमेरिकी सेनाको ठूलो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनासहित अवतरण गरेको हो।

विमानस्थल सुरक्षा स्रोतका शुक्रबार बिहान युएस एयर फोर्सको जहाज काठमाडौंमा अवतरण गरेको पुष्टि गरेको छ । यो जहाज अमेरिकी कुटनीतिज्ञ लिएर नेपाल आएको विमानस्थल स्रोतले बताएको हो ।

यसअघि पनि कुटनीतिज्ञ र अमेरिकी दूतावासका सामाग्री लिएर अमेरिकन सेनाको जहाज काठमाडौं आउने गरेको थियो। ‘नियोगका कर्मचारी र दूतावासका सामाग्री लिएर युएस फोर्सको जहाज आएको हो। यसअघि पनि आउँथ्यो’, विमानस्थल सुरक्षा स्रोतले भन्यो। विमानमा के–को कुन तहका कुटनीतिज्ञ आएका हुन भन्ने बारेमा स्पष्ट पारेको छैन ।