नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशले प्रदेश अन्तर्गतका जिल्लामा चुनावी रणनीतिसहित संयोजक तोकेको छ। बुधबार बसेको प्रदेश समितिको प्रथम पूर्ण बैठकले ९ जिल्लामा संयोजक तोकेको प्रदेश समिति सचिव कृष्ण अधिकारीले बताएका छन् ।
अधिकारीले रुकुम पूर्वमा होमप्रकाश श्रेष्ठ, नलवपरासी पश्चिममा भवेश्वर तिवारी, रुपन्देहीमा नारायण तिवारी, कपिलवस्तुमा विष्णु शाह र गुल्मीमा बिरबहादुर कार्की संयोजक तोकिएका छन्।
त्यस्तै प्युठानमा तिजबहादुर एमसी, रोल्पामा सुरेन्द्र घर्ती, दाङमा तुलसीराम पुन र अर्खाखाँचीमा राजेन्द्र भुसाललाई जिम्मेवारी तोकिएको हो ।