विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठकले निर्वाचनमा सहभागी हुने वा नहुने बारेमा निर्णय लिने


नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय समिति बैठक सुरु भएको छ। स्थानीय तह निर्वाचनमा पार्टीको भूमिकाबारे निर्णय लिन कपिलवस्तुको शिवगढीमा शुक्रबार बिहान ८ बजे बस्‍ने भनिए पनि बैठक ढिलो गरी सुरु 樂威壯
भएको हो ।

केन्द्रीय सदस्यहरु टाढाबाट आँउदा समय लागेकाले बैठक बस्न ढिला भएकाले बताइएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई उपयोग वा बहिस्कार गर्ने भन्नेबारे बैठकले नीतिगत निर्णय लिने भएकाले चासोपूर्वक हेरिएको छ।

गत २६ फागुनमा सम्पन्न भएको सचिवालय बैठकमै महासचिव विप्लवले निर्वाचन उपयोगबारे प्रस्ताव गरेका थिए। सो प्रस्तावबारे नेकपाको उच्च तहमै समान मत छैन।

पाँच सदस्यीय सचिवालय बैठकमा विप्लवको प्रस्तावको पक्षमा प्रवक्ता विश्वकर्मा मात्रै उभिएका थिए । बास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’यसको विपक्षमा थिए । अर्का सचिवालय सदस्य सन्तोष बुढामगर भने तटस्थ बसेका थिए।

पार्टीमा विप्लव र प्रवक्ता विश्वकर्माको पडक भएकाले केन्द्रीय समिति बैठकले निर्वाचन उपयोगको नीति लिनसक्ने बुझिएको छ । यदि निर्वाचनमा सहभाागी हुने भएमा विप्लव पक्षीय नेताहरु को संग तालमेल गर्छ भन्नेबारेमा अझै टुंगो लागेको छैन ।