ओली सरकारबो समयमा संवैधानिक आयोगमा गरेका नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा


संवैधानिक आयोगका चार दर्जन भन्दा बढि पदाधिकारीको नियुक्ति विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबारबाट सुनुवाइ सुरु भएकोमा हेर्दाहेर्दैमा राखिएको हो ।

अव सो मुद्दामा बुधबारको इजलासमा सुनुवाइ हुनेछ । शुक्रबार अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमाथि सुनुवाइ भएको थियो । उक्त सुनुवाइमा अर्याल, वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता भीमार्जुन आचार्यले बहस गरेका । तत्कालिन केपी अ‍ोली नेतृत्वको सरकारले अध्यादेशका आधारमा संवैधानिक आयोगहरुमा नियुक्ती गरेको थियो ।