उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते


स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ ।

उजरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिनेछ । उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते सकय दिइनेछ । त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ भने १७ गते चुनाव चिन्ह प्रदान गरिनेछ ।

३० वैशाखमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । त्यसको ४८ घण्टाअघि अर्थात वैशाख २७ गते मध्यरातदेदि मौन अवधि लागू हुनेछ । आयोगले निर्वाचन आचारसंहिता समिति समेत जारी गरी सकेको छ ।

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह सदस्य निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। त्यस्तै आयोगले मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची वैशाख २१ गते साँझ ५ देखि ६ बजेसम्म प्रकाशित गर्ने कार्यक्रम तय गरेको छ।

आयोगले उम्मेदवारको विरोधमा उजुरी दिने मिति वैशाख १३ गते बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्मलाई तय गरेको छ। आयोगले दाबी विरोधपछि मनोनयन पत्र जाँच गर्ने र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने समय वैशाख १४ र १५ गतेलाई तोकेको छ। वैशाख १४ गते बिहान १० बजेदेखि १५ गते अपरान्ह ५ बजेसम्मको समय यसका लागि छुट्याइएको छ।

जाँचबुझ सकिएपछि आयोगले सम्बन्धित जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट वैशाख १५ गते अपरान्ह ५ बजेदेखि ६ बजेसम्म मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका तय गरेको छ।

आयोगले वैशाख १६ गते बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्मको समयलाई उम्मेदवारको नाम फिर्ता लिने गरी तोकेको छ। उम्मेदवारको मनोनयन फिर्ता भइसकेपछि बाँकी उम्मेदवारको अन्तिम नामावली वैशाख १६ गते ५ बजेदेखि ६ बजेसम्म प्रकाशित हुने भएका छन्।

त्यसपछि आयोगले वैशाख १७ गते १० बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम बनाएको छ। आयोगका अनुसार वैशाख ३० गते निर्वाचनका क्रममा मतदान सुरु हुनु ४८ घण्टाअघि वैशाख २७ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ।

आयोगले सबै मतदान केन्द्रबाट मतपेटिका सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतले बुझेपछि मात्रै मतगणना थाल्ने कार्यक्रम बनाएको छ। वैशाख ३० गते देशभरका सबै स्थानीय तहहरुमा एकै चरणमा निर्वाचन हुँदैछ। २०७४ मा भने जेठ, असार र कात्तिक गरी तीन चरणमा स्थानीय निर्वाचन भएको थियो।