आजको विदेशी मुद्राको विनिमयदर


काठमाडौं, चैत्र ०६। नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम १२० रुपैयाँ ९८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५८ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिददर १३३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४३ पैसा छ ।

युके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८२ पैसा कायम छ । कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ १७ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।