तोलामा ६ सयले घट्यो नेपाली बजारमा सुन


काठमाडौं, चैत्र ०६। नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ। आज सुन तोलाको ६ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुन तोलाको ९९ हजार २ सयमा कारोबार भइरहेको भने तेजावी सुन तोलाको ९८ हजार ७ सयमा कारोबार भएको महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको मुल्यमा पनि घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ७५ मा कारोबार भइरहेकाे छ।