ज्योतिदानले सयौं मानिसले संसार देखे


द तेज कोहली एन्ड रुइत फाउन्डेसनका तर्फबाट तिलगंगाका संस्थापक ऑखा विशेषज्ञ डा. सन्जुक रुइतको ऑखा उपचार गर्ने पद्दतिलाई विश्वका १० वटा देशमा विस्तार गरिने भएको छ।
विपन्न एवं स्वास्थ्य पहुँचमा नपरेका जनसाधारणलाई निःशुल्क आँखा उपचारमा सघाउन स्थापित द तेज कोहली एन्ड रुइत फाउन्डेसनका तर्फबाट डा. रुइतको टोली रामेछापको दोरम्बा पुगेका थिए। दोरम्बा शैलुङ–२ स्थित काकलिङ विद्यालयमा सञ्चालित शिविरमा डा. सन्दुक र उनका छोरा डा. सागरसहितको टिमले ३ सय ३३ जनाको मोतिबिन्दु शल्यचिकित्साबाट बिहीबारदेखि शनिबारसम्म एकै शिविरबाट आँखाको ज्योति फिर्ता पाएका हुन।

शिविरमा बिरामीले आँखा देख्न थालेपछि निकै खुशी मोडमा रहेका डा. रुइतले भने, ‘यो मेरो जीवनले पाएको सुवर्ण मौका हो, सबैले यस्तो मौका पाउँदैनन् ।’ भौगोलिक विकटता र आर्थिक अभावले आँखा उपचारबाट वञ्चितहरूका लागि सुरु गरिएको ‘दोरम्बा मोडल’ अवलोकन गर्न फाउन्डेसनका सहसंस्थापक तेज कोहली बेलायतबाट काठमाडौं हुँदै शुक्रबारै दोरम्बा पुगेका थिए ।

आँखा उपचारको यो दोरम्बा मोडललाई फाउन्डेशनले कम्बोडिया, घाना, इन्डोनेसिया, तान्जानिया, उत्तर कोरिया, दक्षिणी सुडानलगायत १० मुलुकमा विस्तार गर्ने भएको छ। नेपालका चिकित्सकको विश्वमा यत्रो सम्मान र योगदान हुनु नेपालीको गौरव हो। धन्यवाद डा. रूइत र उनको टिमले भनेका छन ।