गठबन्धनको भाँडो वैशाख ३० गते रित्याइदिन्छौँ : एमाले अध्यक्ष ओली


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडिसकेका सांसदहरुले नैतिकताका आधारमा पदमा बसिरहन नमिल्ने बताएका छन्। इलामको फिक्कलमा आइतवार आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा उनले कम्युनिष्ट सरकारलाई केही ‘अन्तरे जन्तरे’ले ढालिदिएको पनि बताएका छन्।

नेकपा एकीकृत समाजवादीका नेताहरुतिर लक्षित गर्दै अध्यक्ष ओलीले दुईतिहाई नजिकको कम्युनिष्ट सरकारलाई कम्युनिष्टकै खोल ओढेकाहरूले ढालिदिएको पनि आरोप लगाएका छन्। सम्बोधनका क्रममा उनले एमाले छाडिसकेका सांसद र मेयर, उपमेयरहरुले सो पदमा बसिरहन नमिल्ने पनि बताएका छन्।

एमालेबाट निर्वाचित भएकाहरुले पार्टी छाडिसकेपछि भत्ता खाएर बसिरहन मिल्दैनु, उनले भने, एमाले कार्यकर्ताले जुत्ता(चप्पल खियाए, विदेश नगई बसे, रोजगारी छाडेर सघाए, पार्टीको पक्षमा पसिना बगाए। तर अहिले एमाले छाडेका तिनै अन्तरेजन्तरे भत्ता खाएर बसेका छन्।

उनीहरुले राजीनामा दिनुपर्दैनरुु, उनले भने, एमालेले लगाइदिएको सांसदको फुली, मेयरको फुली फिर्ता गर्नुपर्दैनरु कति साह्रो लाज नभएको१ एमालेले टाँसेका जुँगा त खौरिनुपर्छ। तिनै जुँगामा ताउ लगाएर एमालेको बाकस खाली गर्छु भन्दैछन्रु बाकस कसको खाली हुन्छ म भन्दिनँ, जनताले वैशाख ३० गते जवाफ दिनेछन्, तपाईंहरूले दिनुहुनेछ।

सम्बोधनका क्रममा ओलीले २०५४ सालमा दुईतिहाइ आउने बेला पनि पार्टी फुटाएको बताए। अहिले पनि एमालेलाई बहुमत आउन नदिन रोक्न पाँच दलीय गठबन्धन लागेको उनले बताए। तर आफूहरुले गठबन्धनलाई आगामी चुनावमा कुचोले झैँ बढारिदिने ओलीले बताए।

उनले देशभर पार्टी प्रवेश अभियान चलेको पनि बताए। ुअस्ति मोरङको रंगेलीमा मेयर(उपमेयर दुवैलाई भित्र्याएँ। वीरगञ्जमा मेयरसहित वडाध्यक्षलाई एमालेमा ल्यायौँ उनले भने, अब हामी चुनाव कुर्दैछौँ। वैशाख २० गते एमालेले पाँच दललाई एउटै कुचोले बढार्दैछ। गठबन्धनको भाँडो नरित्तिएसम्म हामी एमाले प्रवेश अभियान चलाइरहनेछौँ।