एमालेको पोलिटब्युरो बैठक सोमबार बस्ने


नेकपा एमालेको दशौं महाधिवेशनपछि पहिलो पटक निर्वाचन लक्षित पोलिटब्युरो बैठक बोलाएको छ । चैत ७ गते बिहान ११ बजे बस्नेगरी राजधानीको एक पार्टी प्यालेशमा पोलिटब्युरो बैठक बोलाएको एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका छन् ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति र स्थानीय तहको निर्वाचन तयारीका बारेमा छलफल हुने उपप्रमुख रिजालले बताए । एमालेको पोलिटब्युरो कमिटीमा १९ पदाधिकारी, ३६ जना स्थायी कमिटी सदस्यसहित ९९ जना छन् ।

गत साता बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठक बोलाउने र निर्वाचनबारेमा छलफल गर्ने जनाएको थियो । एमालेको केन्द्रीय कमिटी बैठक चैत ९ र १० गतेलाई बोलाइएको छ ।