शेयर बजार दोहोरो अंकले बढ्यो


साताको पहिलो दिन दोहोरो अंकले घटेको सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार भने दोहोरो अंकले नै बढेको छ । नेप्से परिसूचक १७ दशमलव ९९ अंकले २ हजार ६ सय ३४ दशमलव ५७ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.८८ अंकले सुधारिएको छ । ‘क’ वर्गमा २५ वाणिज्य बैंकसहित ३६ वटा कम्पनीहरु रहेका छन् ।

नेप्से परिसूचक उकालो लागे पनि कारोबारमा भने उल्लास देखिएन । दिनभर भएका ३७ हजार ९३९ कारोबारबाट २३१ कम्पनीका ५१ लाख ८९ हजार ८३ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब ५९ करोड २७ लाख १८ हजार १ सय ३१ रुपैयाँ पुगेको छ ।

धेरै बढ्ने पहिलो नम्बरमा इमर्जिङ नेपाल कम्पनी पहिलो नम्बरमा देखिएको छ । यसको सेयर मूल्य ५१ दशमलव ९० रुपैयाँले बढेर ५७१ दशमलव ७० रुपैयाँ पुगेको छ । ङ्यादी ग्रुप पावर कम्पनीको ४७ दशमलव ४० रुपयाँले बढेर ६६५ दशमलव २० रुपैयाँमा पुगेको छ ।

उता तेस्रो नम्बरमा धेरै बढ्नेमा माउन्टेन नेपाल हाइड्रोको २८ रुपैयाँ १० पैसाले बढेर ४ सय ४५ रुपैयाँ पुगेको छ । धेरै घट्नेमा भने एनटीसी पहिलो नम्बरमा देखिएको छ । जसको मूल्य ४६ रुपैयाँले घटेर १५ सय ४ रुपैयाँमा झरेको छ । यसैगरी दोस्रोमा नबिल डिबेञ्चर तेस्रोमा एनआईबीएल समृद्धि फण्ड तेस्रो नम्बरमा देखिएको छ ।