रुकुममा मन्त्रीद्धय शर्मा र भूषालबाट अवलोकन


अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भूसालसहितको टोलीले रुकुमको मुसीकोटदेखि आठबीसकोट क्षेत्रमा अवलोकन गरेका छन । उनीहरुको समुहले झिन्चौर, चौरजहारीको खोलागाउँ हुँदै मुसीकोट धेरैनीचौरसम्मको यात्रा गरेका हुन ।

अर्थमन्त्री शर्मा, उर्जा मन्त्री भुषालसहित कर्णाली प्रदेश सभा सदस्य तथा पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा, जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्मा, अर्थ र उर्जा मन्त्रालयका सचिव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विद्युत विकास समितिका सदस्य कपिल आचार्य, विश्व बैंकका कन्ट्रि टाइरेक्टर फारिस, अमेरिकाका लागि पूर्व नेपाली राजदुत डाक्टर अर्जुन कार्की लगायतले नेपाली सेनाको हेलिकप्टर मार्फत अवलोकन गरेका हुन ।

यी ठाउँका केही गतिविधि समेत अनुगमन भएको भन्दै हरी गौतमले सामाजिक सञ्जालमा फोटो पोष्ट गरेका छन् ।