आज कुन विदेशी मुद्राको विनिमयदर कति ?


काठमाडौं, चैत्र ०८। नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२२ रुपैयाँ ०९ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ २५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९१ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६० रुपैयाँ ४१ पैसा कायम छ ।

कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४० पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ १९ पैसा र बिक्रीदर १० रुपैयाँ २४ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।