एमसीसी परियोजनामा अधिग्रहण गरिएका घरजग्गा ३५ दिनभित्र खाली गर्ने सूचना जारी


मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति ९एमसिए(नेपाल०ले अधिग्रहण गरिएका घरजग्गा खाली गर्ने आग्रह गरेको छ। समितिले एमसीसी अन्तर्गतको परियोजना तत्काल अगाडी बढाउनु पर्ने भएकोले अधिग्रहण गरिएका घरजग्गा खाली गर्ने आग्रह गरेको हो।

एमसिए नेपालद्वारा निर्माण गर्न लागिएको ४ सय केभी रातमाटे सब–स्टेसनका लागि आवश्यक जग्गा अधिग्रहण गर्न जग्गा प्राप्ति ऐन, २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय, नुवाकोटबाट विभिन्न मितिमा सूचना प्रकाशन गरी मुआब्जा लगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरू समेत निर्धारण भई सोको वितरण तथा जग्गाको लगत कट्टा एवं नामसारी समेत भइसकेको समितिले जनाएको छ ।

ती अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रम अनुरूप सब–स्टेसन निर्माणका लागि तारबार गर्ने कार्यलाई अविलम्ब अगाडि बढाउनु परेकोले मुआब्जा लगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरू बुझिसकेकाहरूले अधिग्रहण गरिएका घरजग्गाहरू३५ दिनभित्र खाली गरिदिन अनुरोध गरेको हो।

एमसीसी सम्झौता अन्तर्गत नेपालले चार सय केभी क्षमताको ३१८ किमि लामोप्रसारण लाइन एवं तीन वटा उच्च क्षमतायुक्त सब–स्टेशन निर्माणमा मूल रूपमा केन्द्रित विद्युत् प्रसारण आयोजना निर्माण गर्ने छ । त्यस्तै दोस्रो परियोजनाको रुपमा बढीमा तीन सय किमि रणनैतिक सडकको मर्मतसम्भार कार्यमा मूल रूपमा केन्द्रित सडक मर्मतसम्भार आयोजना अगाडी बढाउने छ ।

कार्यन्वयन सुरु गरेको मितिबाट यी आयोजना ५ बर्ष भित्र नै सम्पन्न गरि सक्नु पर्नेछ । यस कम्प्याक्ट कार्यक्रमका लागि एमसीसीले ५० करोड अमेरिकी डलर तथा नेपाल सरकारले १३ करोड अमेरिकी डलर उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

एमसिसीबाट प्राप्त हुने ५० करोड डलरमध्ये ४० करोड डलर विद्युत् प्रसारण लाइन निर्माणमा खर्च हुनेछ । काठमाडौँको नाङ्लेभारेबाट शुरु हुने प्रसारण लाइन नुवाकोटको रातमाटेबाट मकवानपुरको हेटौँडा जोडिनेछ । यस्तै रातमाटेबाटै तनहुँको दमौली, परासी हुँदै नेपाल–भारत सीमासम्म पुग्नेछ । प्रसारण लाइनमा ८५० टावर निर्माण गरिनेछ । एमसिसीको पाँच करोड २० लाख डलरले पूर्वपश्चिम राजमार्गको चन्द्रौटा, धानखोला, भालुबाङ, लमही हुँदै शिवखोलासम्मको सडक स्तरोन्नति गनिरेछ ।