नायिका करिश्मा एमालेमा प्रवेश


अभिनेत्री करिश्मा मानन्धरले आफू कुनै पदको सौदाबाजी भएर नेकपा एमाले प्रवेश नगरेको स्पष्ट पारेकी छन् । मंगलबार नेकपा एमालेमा प्रवेश गरेपछि मान्नधरले आफू कुनै पदको सौदाबाजी गरेर नभई नितान्त एमालेको कार्यकर्ता बन्न आएको बताएकी छन् ।

‘कुनै सौदाबाजी होइन, कुनै आग्रह पनि छैन, नितान्त एमालेको कार्यकर्ता भएर हजुरहरुसँग जोडिन आएको छु’ उनले भनिन् । आफू एमाले प्रवेश गर्दा वर्षौदेखि पार्टीमै रहेकाहरुले डराउनुनपर्ने करिश्माले बताइन् । उनले आफू नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीबाट प्रभावित भएर एमालेमा आएको बताइन् ।