मेघ गर्जनसहित वर्षाको सम्भावना


हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहेको छ। देशभर तापक्रम बढ्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

बिहीबार देशका पहाडी र हिमाली भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

त्यस्तै शुक्रबार देशका पहाडी र हिमाली भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जनचट्याङसहित हल्का वर्षाको सम्भावना छ।