श्रीलंकामा आर्थिक मन्दी हुनुको कारण के ?


घट्दो सञ्चितिसँगै श्रीलंकाले अहिले गम्भीर विदेशी मुद्रा संकटको सामना गरिरहेको छ र आवश्यक आयातको बिल जुटाउन सरकार असमर्थ भइरहेको छ। यो मुलुक अहिले टाट पल्टिने अवस्थामा छ।

श्रीलंकाको सरकारले खाद्यान्नको बढ्दो मूल्य, मुद्राको अवमूल्यन र दुर्त रुपमा घटदै गएको विदेशी मुद्रा भण्डारणलाई ध्यानमा राख्दै सन् २०२१ मा आर्थिक संकटकाल घोषणा गरेको थियो। राष्ट्रपति गोताबाया राजापाक्षेले विभिन्न अत्यावश्यक वस्तुहरुको आपूर्तिलाई नियन्त्रण गरि संकट व्यवस्थापन गर्न सेनासम्म बोलाएका थिए।

विश्व बैंकको अनुमान अनुसार, महामारीपछि श्रीलंकामा ५ लाखभन्दा बढी मानिसहरु गरिबीको रेखामुनी आइसकेका छन्, जसलाई बैंकले ‘५ वर्षको प्रगतिको बराबरको ठूलो धक्का’ भनेर वर्णन गरेको छ।

के कारणले भयो आर्थिक मन्दी ?

पर्यटन क्षेत्र, जसको मुलुकको जीडिपीमा १० प्रतिशत योगदान छ, महामारीका कारण नराम्ररी प्रभावित भयो। क्यानाडा लगायत धेरै देशहरुले हालै मात्र विदेशी मुद्रा संकटका कारण यस टापु देशमा यात्रा नगर्न आफ्ना नागरिकहरुलाई चेतावनी दिएका छन् र यसले उद्योगलाई राम्रो गर्दैन। बेलायत, भारत र रुस यस टापु मुलुकका लागि भित्री पर्यटनका तीन प्रमुख स्रोत हुन्।

मुलुकको कृषिलाई शतप्रतिशत अर्गानिक बनाउन रसायनिक मललाई बन्द गर्ने सरकारको निर्णयले अर्थतन्त्रमा नकारात्मक असर गर्यो। विज्ञहरुका अनुसार, अर्गानिक खेतीले उत्पादन आधा घटाएसँगै नयाँ कानूनले कृषि क्षेत्र नराम्ररी प्रभावित भयो। ‘फुड माफिया’ ले अत्यावश्यक वस्तुको भण्डारण गरेसँगै चामल र चिनी लगायतका अत्यावश्यक खाद्य वस्तुको मूल्य पनि बढ्यो।

मुलुकले सामना गरिरहेको ठूलो समस्या विदेशी ऋणको भार हो। उसले चीनलार्इ मात्रै ५ अर्ब डलरभन्दा बढी ऋण तिर्न बाँकी छ। उसले २०२१ मा बेइजिङसँग लिएको थप एक बिलियन डलर ऋण तिरिरहेको छ। उसले भारत र जापानलाई पनि धेरै तिर्न बाँकी छ। नोभेम्बरमा, मुलुकसँग मात्र १.५८ बिलियन डलर वैदेशिक मुद्रा सञ्चिति थियो। जबकी २०१९ मा राजापाक्षे राष्ट्रपति हुँदा ७.५ बिलियन डलर थियो।

२०१९ मा ७.५ बिलियन डलरभन्दा बढी रहेको वैदेशिक मुद्रा सञ्चिति २०२१ जुलाईमा २.८ बिलियन डलरमा झरेसँगै, श्रीलंकाले सामान आयात गर्न आवश्यक विदेशी मुद्रा खरिद गर्न खर्च गर्नुपर्ने रकमको मात्रा बढ्दै गर्दा विदेशी मुद्राको आपूर्तिमा असर परेको थियो। फलस्वरुप, श्रीलंकाको मुद्राको भ्यालु घट्दै गयो।

चिनी, दाल, अनाज र औषधिजस्ता अत्यावश्यक वस्तुहरुको आयातमा श्रीलंकाको उच्च निर्भरताले आयातको बिल तिर्न विदेशी मुद्राको अभाव झेल्नु परेकोले समस्या थपिएको हो।
पछिल्ला समयमा कागज आयात गर्ने रकम समेत नभएकाले लाखौं विद्यार्थीहरुले परीक्षा दिन समेत पाएका छैनन । कागजको अभााव भएकाले उनीहरु परीक्षा दिनबाट बञ्चित भएका हुन । –वानइण्डिया डटकमबाट