विदेशीने नेपालीको लोक संस्कृति प्रतिको मोह


काठमाडौं, चैत्र १० । नेपालबाट विभिन्न कामको शिलशिलामा अमेरिका पुगेका युवाहरुले त्यहाँ समेत आफ्नो मुलुकको मौलिक संस्कृति संरक्षणमा जुटेका छन् । नेपालका विभिन्न जिल्लामा बसोबास गर्ने नेपालीहरु अमेरिका पुगेपछि मौलिक लोक दोहोरीको संरक्षण र प्रवद्र्धनमा एकजुट भएका हुन । हाम्रो भाका लेक्सिनटन दोहोरी नामबाट अमेरिकामा केही संगीतप्रेमि युवाहरुले दोहोरी सञ्चालन गरेका हुन । अघाँखाचीका घनश्याम खनाल, स्याङजाका विष्णु डुम्रे र गुरु पाठकलगायतको सक्रियतामा अमेरिकाको लेक्सिनटनमा हाम्रो लेक्सिनटन दोहोरी नाम दिई सञ्चालन गरेका हुन ।

सञ्चालक जिएस खनालले विदेशमा पनि नेपाली मैेलिक लोक भाका र दोहोरीमा सबै नेपालीले आन्नद लिन सकुन भनेर सञ्चालन गरिएको बताए । भर्खर्रौ सञ्चालनमा आएको यस दोहोरीले लोकभर्जन, लोकगित, लोक दोहोरी, विभिन्न समुदाय र क्षेत्रमा प्रस्तुत गरिने नेपाली मौलिक संस्कृतिका साथै स्थानीय नेपाली भाकाका गित संगितहरु प्रस्तुत गर्ने गरेको खनालले बताए । अमेरिकाबाट गैर आवासिय संघ एनआरएनको सम्मेलनमा नेपाल आएका खनालले आफुहरुले नेपाललाई कहिल्यै पनि विर्सन नसक्ने भन्दै आफ्नो वन पाखा अनि मेलापातका भाकाहरुलाई विदेशी भूमिमा समेत दिगो बनाउँन लोक दोहोरी सञ्चालन गरिएको बताए । विदेश पुग्नेहरु अधिकासले आफ्नो क्षेत्र र संगीतको माया हुने भन्दै भावी पुस्तालाई समेत नेपाल र नेपालीको मौलिक लोक दोहोरीका बारेमा जानकारी रहीरहोस् भनेर सञ्चालन गरिएको बताए ।

यो दोहोरीमा नेपालीका साथै विदेशी समेत हेर्न आउने गरेको अनुभव उनीसंग छ । यदिमात्र होइन अमेरिका पुगेका छोराछोरीका बाबुआमा नेपालबाट यहाँ आउँदा समेत आफ्नै क्षेत्रका दोहोरी भाका सुन्न पाउँदा नेपालमै भएको जस्तो अनुभूति गर्ने गरेका छन् । यतिमात्र होइन अमेरिकामा रहेका रहेका नेपालीहरुले नेपाली मौलिक चार्र्डपर्व, रितिरिवाज तथा उत्सवहरुमा समेत आफ्नै गला र कलामा लमाउने अवसर पाएका छन् । दशैंतिहार, तीज, रक्षा बन्धन, ल्होसारलगायत विभिन्न समुदाय र वर्गका पर्वहरुमा समेत यस दोहोरीमा समयानुकुल प्रस्तुती गर्ने मुख्य लक्ष्य रहेको सञ्चालक खनालले बताएका छन् । नेपालबाट अमेरिका पुगेका कलाकारले समेत यस क्षेत्रमा पुगी आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्ने बताएका छन् ।

यसैगरी हाम्रो भाका लेक्सिनटन दोहोरीमा आवद्ध सञ्चालक तथा शुभचिन्तकहरुले कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत विभिन्न दुःखी पिडितहरुलाई आर्थिक सहयोग गरेका छन् । जीएस खनाल र काठमाडौं बस्ने गणेश खनालले इन्द्रेणीको कार्यलयमा आई अमेरिकाबाट पठाएको आर्थिक सहयोग फाउण्डेशनका अध्यक्ष तथा कार्यक्रम सञ्चालन कंडेललाई हस्तान्तरण गरेका हुन । सहयोग हस्तान्तरण गर्दै खनालले यस फाउण्डेशनले मानविय सहायता कार्य, लोक भाका र संस्कृतिको संरक्षणमा पु¥याएको योगदानप्रति आफूहरु निकै उत्साहित भएको बताएका हुन ।

यस अभियानमा हामीहरुको समेत निरन्तर सहयोग र सहकार्य हुने प्रतिवद्धता व्यक्त गरेका छन् । सहयोग बुझ्ने क्रममा अध्यक्ष तथा सञ्चालन कंडेलले विदेशमा बसेर समेत व्यस्त समयका बीचमा यसरी लोकदोहोरीलाई संस्थागत रुपमा प्रवद्र्धन गर्ने महान अभियान थाल्नी गरेकोमा हाम्रो भाका लेक्सिनटन दोहोरीका सम्पूर्ण परिवारलाई सफलताको कामनासहित निरन्तर रुपमा सञ्चालनको लागि आग्रह गरे । अमेरिकामा समेत दोहोरीलाई माया गर्नु आफैमा खुशीयालीको क्षण भएको भन्दै अन्य क्षेत्रमा समेत विस्तार गर्न सुझाव उनले दिएका छन् ।