कंलकीमा कार दुर्घटना ६ घाइते


काठमाडौं, चैत्र १० । कलंकीमा कार दुर्घटना हुदाँ ६ जना घाइते भएका छन् । बा ५ च ५४४० कार र  २६८७ नम्बरकोे  स्कुटर दुर्घटना परेकोे प्रहरीले जानकारी दिएको छ । चालक कृष्ण सिटौला नुवाकोट कंलकी १४ वस्ने वर्ष ३५ को चोट पटक दुईवटा खुटा भाचिएको,टाउको र दुवै आँखामा चोट लागेको जनाएको छ ।

घाइते हुनेमा अच्युत कार्की चन्द्रागिरि नगरपालिका १४ नैकापका वर्ष ४२ का ,चन्द्र बहादुर लिम्बू वर्ष ५२ को काठमाडौं तार्केश्वर नगरपालिका ३ का रहेका छन् । देवराज फुयाल वर्ष ३६ को काठमाडौ तार्केश्वर, महेश जैशि स्कुट चालक घर जिल्ला कैलाली हाल नयाँ बजार वस्ने वर्ष २६ र मनिसा कार्की वर्ष २६ घर औंलढुङ्गा सुनकोशी गा.पा .का रहेका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएको छ ।