नेपाल र पपुवा न्युगिनीबीचको एक दिवसीय श्रृङ्खला आजदेखि सुरु हुँदै


काठमाडौं, चैत्र ११। पाल र पपुवा न्युगिनीबीच आजदेखि एक दिवसीय क्रिकेट श्रृङ्खला सुरु हुँदैछ । नेपाल र पीएनजीबीचको पहिलो खेल बिहान १० बजेपछि त्रिवी त्रिकेट मैदानमा हुनेछ । खेलको लागि टिममा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी लगायत पुराना खेलाडीको ठाउँमा नयाँ खेलाडी राखिएको छ ।

एक दिवसीयमा सागर ढकाल, अनिल साह, विक्रम शोब, देव खनाल, गुल्सन झा, भीम सार्की लगायतका खेलाडी राखिएको छ । नेपालले आज र भोलि पीएनजीसँग दुई वटा एक दिवसीय खेल खेल्दैछ। यस्तै मार्च २८ देखि अप्रिल ४ तारिखसम्म नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच सात वटा खेलको टी–२० शृङ्खला हुँदैछ ।