स्थानीय चुनावलाई आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत


काठमाडौं, चैत्र १३। निर्वाचन आयोगले स्थानीय चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ। जिल्ला न्यायाधीशहरूलाई ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत बनाइएको छ। पालिकामा भने निर्वाचन अधिकृत तोकिएको हो। ०७९ वैशाख ३० गते शुक्रबार स्थानीय तह निर्वाचन हुँदैछ।

खटाइएका ठाउँ जानुअघि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई अभिमुखीकरण दिइनेछ। निर्वाचन आयोगले चैत २९ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन र निर्वाचन अधिकृत खटाउने निर्णय गरेको छ। उनीहरूलाई निर्वाचन व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिने र उक्त कार्यक्रममै नियुक्ति पत्र दिइने आयोगले जनाएको छ।