बैद्य माओवादीमा युवाको विद्रोह, पालिका निर्वाचनमा मोर्चाबन्दी गर्ने


नेकपा माओवादी क्रान्तिकारी परित्याग गरी संयुक्त समाजवादी मोर्चा घोषणा गरेको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरी युवा नेता सेवन्तराज भण्डारीको अध्यक्षतामा केन्द्रिय मोर्चा घोषणा भएको हो । मोर्चामा महासचिव सुर्य कार्की रहेका छन् । मोर्चा घोषणा गर्दै अध्यक्ष भण्डारीले आगामी स्थानीय तहको निर्वाचनमा माओवादी क्रान्तिकारीले निर्वाचन बहिस्कार गर्ने निर्णयप्रति अग्रगमन चाहाने युवा पुस्ता तथा नेतृत्व पुरानै सोच र चिन्तनबाट परिचालित नहुने भन्दै आफू निर्वाचनको पक्षमा रहेको स्पष्ट पारेका हुन । भण्डारीले मोर्चाले देशै भर विचार मिल्ने अन्य पार्टीसंग चुनावी तालमेल गर्ने समेत स्पष्ट पारेका छन । उनले आफुहरुसंग वैधानिक दल दर्ता नभएको अवस्थामा अन्य दलको निर्वाचन चिन्हबाट स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताएका हुन ।

संयुक्त समाजवादी मोर्चा
विज्ञप्ति
नेपालमा २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टी ७२ वर्षमा ७२ पटक भन्दा बढि एकता र विभाजनमा परिणत भयो । मुलुक र जनताको स्वार्थ भन्दा पनि कम्युनिष्ट आन्दोलनका नेतृत्व आफ्ना व्यक्तिगत स्वार्थ पुरा गर्न तल्लिन हुनु तथा पुरातनवादी एवम् परम्परागत सोच मै रुमलिएका कारण अझै पनि कम्युनिष्ट पार्टीले अघि सारेका लक्ष्यहरु पुर्ण रुपमा सफलता हासिल गर्न नसकेको यथार्थ हामी माझ छ । ७२ वर्षको अवधिमा वर्गिय, क्षेत्रिय ,जातीय, उत्पिडन विभेद तथा पछाडि परेका समुदायको हक अधिकार प्राप्तीको लागि भएका आन्दोलनले नागरिका हक अधिकार त स्थापित ग¥यो तर पनि जनजिविकालाई भनिए जसरी सम्बोधन गर्न सकेन । नेतृत्वले यथास्थितीमै रहि समय र विश्व भू–राजनीति तथा आर्थिक र प्राविधिक पक्षको समय सापेक्ष समिक्षा नगरेर परिर्वतन हुन नसक्दा सिंगो कम्युनिष्ट पार्टी नै परिवतर्नको जनपक्षीय एजेण्डा स्थापित गर्न सदैव पछि परि नै रह्यो । त्यस्तै कम्युनिष्ट पार्टीमा व्यक्ति केन्द्रित नेतृत्व हावी हुनु, राजनीतिक कार्यदिशामा अस्पष्टता रहनु, कार्यनीतिले रणनीतिको सेवा गर्नुपर्नेमा रणनीति चाहिँ कार्यनीतिमा विलुप्त हुनु जस्ता कारणले आज कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको छ । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) पार्टीले तत्कालिन एकीकृत नेकपा माओवादीबाट विद्रोह गरे पश्चात सो विद्रोहको औचित्य पुष्टि गर्न नसक्नु तथा निर्वाचन बहिष्कार–उपयोग अनि फेरी बहिष्कारको “यथास्थितिवादी गोलचक्कर” मा फसि रहनुले सो पार्टीबाट नेपाली जनताको सत्ता स्थापित गर्ने अभियानमा अगाडि बढ्न नसक्ने निश्चय भएको हुदाँ अग्रगमन चाहने कम्युनिष्ट बिचारधारालाई आत्म साथ गर्दै परिर्वतनको पक्षमा लागिरहेका हामी युवा वर्गले नयाँ अभियानको सुरुवात गर्ने निर्णय गरेका छांै । पुराना नेतृत्वको सम्मान तथा नयाँ पुस्ताको नेतृत्वलाई प्रोत्साहन गर्दै संयुक्त समाजवादी मोर्चा घोषणा गरेका छौं । यो मोर्चा घोषणा गरेसंगै आजका मिति देखि गरिखाने वर्गको रोजीरोटी तथा जीवनका आधारभूत बिषयमा सबैले समान अधिकार,् न्यायोचित अवसर पाउनु पर्छ भन्ने उद्देश्यका साथ देशैभर अभियान सञ्चालन गर्ने छौ । नेकपा क्रान्तिकारी माओवादीलगायत कम्युनिष्ट घटकहरुबाट अलग भई संयुक्त समाजवादी मोर्चा निमार्ण गर्ने महान अभियानको थालनी गरेका छांै । यो मोर्चा आम जनताको साथ सहयोग, सल्लाह र सुझावबाटै अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्दछौ ।

सहयोगको लागि हार्दिक धन्यवाद

नर्वगठित संमुक्त समाजवादी मोर्चाका पदाधिकारी तथा सदस्यहरु
अध्यक्ष — सेवन्तराज भण्डारी
महासचिव – सुर्य कार्की
केन्द्रिय सदस्यहरु
जितेन्द्र लम्साल
दिपक पोख्ररेल
कृष्ण सुनार
मीन गिरी
डिल्लीराज मुडबरी
जितेन्द्र फुयाल
रवि सापकोटा
हेमराज पाण्डे
प्रकाश पाण्डे
विजय चापागाई
किरण न्यौपाने
बसन्त विश्वकर्मा
मिति :–२०७८-१२-१४