रोल्पामा जनयुद्ध भ्यू टावरको उद्घाटन


१० वर्षे माओवादीको आधारभूमि रोल्पामा जनयुद्धलाई झल्को दिने गरी जनयुद्ध भ्यू टावलको उद्घाटन भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज रोल्पा पुगी टावरका साथै जनयुद्धमा ज्यान दिएका जनमुक्रि सेनाको विराशत देखिने शालिकको समेत उद्घाटन गरेका हुन ।

भ्यूटावर चार करोड खर्च गरेर बनाइएको हो । रोल्पा नगरपालिका–२ सातदोबाटोमा नगरपालिकाले बनाएको भ्यूटावरको सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उदघाटन गरेका हुन । सामाविक सञ्जालमा प्रचण्डकी स्वकयि सचिव गगंगा दाहालले फोटो फोष्ट गरेकी छन् ।

स्थानीय तह निर्वाचन लक्षित आमसभालाई सम्वोधन गर्न सोमबार बिहान हेलिकप्टर चढेर रोल्पा आएका प्रचण्डले दुई हजार ५५ मिटर उचाइमा बनाइएको ११२ फिट अग्लो भ्यूटावरको उद्घाटन गरेका हुन् ।

यो टावरको लागत चार करोड ७६ लाख ८७ हजार ६६५ रुपैयाँ रहेको रोल्पा नगरपालिकाले जनाएको छ ।


रोल्पा नगरपालिकामा माओवादी केन्द्रका नेताहरु पूर्ण केसी प्रमुख र मनकुमारी घर्तीमगर उपप्रमुख छन् । केसी माओवादी नेता कृष्णबहादुर महराका ज्वाइँ हुन भने घर्ती मगर वर्षमान पुनकी बहिनी हुन् ।

रोल्पा नगरपालिकाले निर्माण गरेको भ्यूटावरको दशौं तला चढेर प्रचण्डले प्यूठानको माडी उपत्यका र पूर्वी रोल्पाको दृश्य हेरे । प्रचण्डसँगै माओवादी नेतृ जयपुरी घर्ति मगरसमेत रोल्पा पुगेकी हुन ।