गठबन्धन गरेर जाँदा पार्टीमा कसैलाई अन्याय नहुने : सभापति देउवा


नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले गठबन्धनमा सवैको भविष्य रहेको बताएका छन् । सोमबार काँग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै देउवाले पार्टीमा कसैलाई अन्याय नहुने भन्दै गठबन्धन गरेर अगाडि बढ्ने बताएका हुन् ।

‘गठबन्धनमै सवैको भविष्य छ । गठबन्धन गर्दा कसैमाथि अन्याय हुन दिन्न । पार्टीका साथीहरूकै आग्रहमा गठबन्धन गरेको हो ।’ उनले भने, ‘मत गठबन्धन गरेर प्रधानमन्त्री हुने पक्षमा थिएन । रामचन्द्र जी लगायतले जोड गर्नुभयो । अहिले गठबन्धन गर्नुहुँदैन भनेर हुन्छ रु’