प्रधानमन्त्री देउवाले आज बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्दै


काठमाडौं, चैत्र १६। प्रधानमन्त्री शेरबहादुर देउवाले बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) सम्मेलनलाई आज भर्चुअल सम्बोधन गर्दैछन्। देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट बिहान ९ बजे सम्बोधन गर्ने उनका प्रेस सल्लाहाकार गोविन्द परियारले जानकारी दिए।

श्रीलंकामा आज बिमस्टेकको पाँचौं शिखर सम्मेलन शुरु हुँदैछ। श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षेले अध्यक्षता गर्ने शिखर सम्मेलनमा सदस्य राष्ट्रका सरकार र राष्ट्र प्रमुख भर्चुअल रुपमा सहभागी हुँदैछन्। नेपालको तर्फबाट बिमस्टेक सम्मेलनमा सहभागी हुन परराष्ट्र मन्त्री नारायण खड्का श्रीलंकाको राजधानी कोलोम्बोमा पुगिसकेका छन्।