‘राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता’ भृकुटीमण्डपमा सुरु


काठमाडौं, चैत्र १६। ‘राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता’ आज बाट सुरु भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गर्दै आइरहेको यो प्रतियोगिता काठमाडौंको भृकुटीमण्डपमा भइरहेको छ। प्रतिष्ठानले सूचना जारी गर्दै इच्छुक प्रतियोगी कलाकार र समूहहरुलाई चैतको पहिलो साताभित्र नाम दर्ता गर्न अनुरोध गरेको थियो। प्रतियोगितामा देशै भर बाट करिब ७० समुहको सहभागिता रहेको छ ।

हरेक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगिता पछिल्लो दुई वर्ष कोरोना महामारीका कारण स्थगित भएको थियो। प्रतियोगितामा प्रथम हुनेले २ लाख २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ। त्यस्तै, द्वितीयले १ लाख ५० हजार, तृतीयले १ लाख र सान्त्वना हुनेले ५० हजार पाउनेछ। त्यस्तै, प्रत्येक समूहमा दुई पुरुष र दुई महिलासहित उत्कृष्ट भेषभूषालाई पनि पुरस्कृत गरिनेछ। आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा अध्यक्ष रमेश बि जिले जानकरी दिए ।