टिप्परले जानाजान २ बालिका किचेर मारेको भन्दै स्थानीयको विरोध


काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा टिप्परले ठक्कर दिई व्याक गरेर किचेको भन्दै स्थानीयले प्रर्दशन गरेका छन् । ठक्करबाट स्कुल गइरहेका २ बालिकाको मृत्यु भएपछि स्थिति तनावपूर्ण बनेको छ।

आक्रोशित स्थानीयले सडक अवरुद्ध गर्दै तोडफोड गर्न थालेका हुन्।

स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरू सृष्टि र श्रेयाको बिहान ८ः३० बजे टिपरको ठक्करबाट ज्यान गएको हो।

घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी मेलम्चीका सई देवसागर तामाङले जानकारी दिए।

छोरीहरू लिएर स्कुल जाँदै गरेका घिसिङ पनि गम्भीर घाइते भएका छन्। घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ।

अहिले दुई पक्षबीच वार्ताको तयारी भइरहेको सई तामाङले बताए। मृत्यु भएका दुई बालिका ८ र ४ वर्षका हुन ।