मलेसियालाई हराउँदै नेपालको लगातार दोस्रो जित


त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टोली नेपालले लगातार दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार मलेसियालाई ६ विकेटले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

मलेसियाले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १३ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले ५७ रनको अर्धशतकीय इनिङ खेले । उनले ३८ बलमा ७ चौका र १ छक्का प्रहार गरे।

मलेसियाविरुद्ध आसिफको अर्धशतक

खराब सुरुवात गरेको नेपाललाई आसिफको अर्धशतकीय इनिङ बरदान बन्यो । २५ रन बनाउँदा २ विकेट गुमाएको नेपाललाई आसिफ र दिपेन्द्र सिंह ऐरीको ७० रनको साझेदारी गर्दै नेपाललाई जितको बाटो देखाएका थिए ।

दिपेन्द्रले २१ रनको बनाउँदा रोहित पौडेलले १२ रन बनाए । डेब्यु खेलाडी दिलिप नाथले अविजित १५ रनको योगदान गरे । कुशल मल्लले २ रन बनाउँदा अविजित रहे ।

मलेसियाका पवनदिप सिंहले २, मुहमद अमिर र सेइद अजिजले समान १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो ।

खेलको पहिलो बलमा करण केसीले विरनदीप सिंहलाई बोल्ड गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाए । पहिलो बलमा विकेट गुमाएको मलेसियाका जुबाइदी जुल्किफ्ले र कप्तान अहमद फाजीले ४९ रनको साझेदारी गर्दै मलेसियालाई मध्यम सुरुवात दिलाए ।

जुबाइदीले १५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३२ रन बनाए । अहमदले ३८ बलमा ३ चौकाको मद्दतमा २४ रन जोडे । सेइद अजिजले १४, शर्भिन मुनियनडीले ९, मुहमद अमिरले १६, विजय उन्नीले ३ रनको योगदान गरे ।

नेपालका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै २७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले १ ओभरमा ३ रन खर्चेर १ विकेट लिंदा दिपेन्द्र सिंह ऐरीले ४ ओभरमा १ मेडेन राख्दै १४ रन दिएर १ विकेट लिए ।

करणले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । अविनास बोहराले ४ ओभरमा २६ रन खर्चिएर १ विकेट लिए । जितसँगै नेपाल सिरिजको फाइनल नजिक पुगेको छ । नेपालले २ खेलमा ४ अंक जोडेको छ ।

नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा पपुवा न्युगिनी ९पीएनजी० लाई १५ रनले पराजित गरेको थियो ।मलेसियाको यो पहिलो हार हो ।पहिलो खेलमा पीएनजीलाई हराएको मलेसियाले २ खेलमा २ अंक जोडेको छ ।पीएनजीले अंक जोड्न सकेको छैन ।