‘राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता’ आज बाट सुरु भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गर्दै आइरहेको यो प्रतियोगिता काठमाडौंको भृकुटीमण्डपमा भएको हो । एक समारोहका बीच प्रतियोगिताको उद्घाटन भएको हो ।
सो कार्यक्रममा लोक दोहोरीको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै विभन्न् क्षेर विधाका व्यक्तित्व तथा कलाकारलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष तथा इन्द्रेणी कार्यक्रममा सञ्चालक कृष्ण कंडेल समेत सम्मानित भएका हुन ।कार्यक्रममा प्रतिष्ठानले सूचना जारी गर्दै इच्छुक प्रतियोगी कलाकार र समूहहरुलाई चैतको पहिलो साताभित्र नाम दर्ता गर्न अनुरोध गरेको थियो। प्रतियोगितामा मुलुक भरबाट ७० समुहको सहभागिता रहेको छ ।
हरेक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगिता पछिल्लो दुई वर्ष कोरोना महामारीका कारण स्थगित भएको थियो। प्रतियोगितामा प्रथम हुनेलाई २ लाख २५ हजार रुपैयाँ पुरस्कार दिइने छ । त्यस्तै, द्वितीयले १ लाख ५० हजार, तृतीयले १ लाख र सान्त्वना हुनेले ५० हजार पाउनेछ। त्यस्तै, प्रत्येक समूहमा दुई पुरुष र दुई महिलासहित उत्कृष्ट भेषभूषालाई पनि पुरस्कृत गरिने आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीसीले बताएका छन् ।