तीन डिआईजी एआईजीमा बढुवा


सरकारले तीन जना तीन प्रहरी नायब महानिरीक्षक डीआईजीलाई एआईजीमा बढुवा गरेको छ ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

त्यसविरुद्ध लोक सेवा आयोगमा उजुरी परेपछि नियुक्तिमा ढिलाइ भएको थियो । तर आयोगले बढुवा गरेको सिफारिसलाई सदर गरेको भोलिपल्ट बसेको मन्त्रिपरिषद बैठकले बढुवाको निर्णय गरेको हो । अब भने यी तिनै जनाबाट प्रहरी प्रमुख छनौट हुने छन् ।