त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले आज मलेसियासँग खेल्दै


काठमाडौं, चैत्र १९। त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले आज मलेसियासँग खेल्दै छ । खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

नेपाल लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको छ । नेपाल ६ अंकसहित शीर्ष स्थानमा छ भने समान २–२ अंक रहेका पपुवा न्यूगिनी पिएनजी दोस्रो स्थानमा र मलेसिया तेस्रो स्थानमा छ । आजको खेल जिते मलेसिया चार अङ्कसहित फाइनलमा पुग्नेछ भने पराजित भएमा पीएनजी फाइनलमा पुग्नेछ ।