दिल्लीमा स्वीच थिचेर जनकपुर-जयनगर रेल सेवा उद्घाटन


काठमाडौं, चैत्र १९। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमनत्री नरेन्द्र मोदीले जनकपुर–जयनगर रेल सेवाको औपचारिक उद्घाटन गरेका छन् । भारत भ्रमणमा रहेका प्रम देउवा र मोदीले आज नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रुपमास्वीच थिचेर रेल सेवाको उद्घाटन गरेका हुन् । अन्तरदेशीय रेलवेका दुवै पू्रधानमन्त्रीले हरियो झन्डा समेत फहराएका थिए । भर्चअल माध्यमबाट भएको सो उद्घान लगत्तै भारतको जयनगरबाट नेपालको रेल जनकपुरका लागि गुडेको छ ।

नेपालले भारतसँग आफ्नै रेल किनेपछि वर्षदिनभन्दा बढी समय थन्किएको थियो । अब औपचारि उद्घाटन भएसँगै आजैबाट रेल सेवा नियमित रुपमा चलाउने सरकारको तयारी छ । नेपाल रेलवे कम्पनीका अनुसार जयनगरबाट जनकपुर र जनकपुरबाट जयनगर दैनिक दुई समय रेल गुड्नेछ । एकपटमा एउटा रेलमा १ हजार ३५० यात्रुले यात्रा गर्न सक्ने जनाइएको छ । दुइटा रेलमध्ये आलोपालो गरेर एक एकवटा चलाइने कम्पनीको भनाइ छ ।