पाकिस्तानमा राष्ट्रपतिबाट संसद् विघटन


पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री इमरान खानको प्रस्तावबमोजिम आइतबार संसद् राष्ट्रिय सभा विघटन गरेका छन्। राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री इमरान खानको संविधानको धारा ५८ १० अन्तर्गत राष्ट्रिय सभा भंग गर्ने सिफारिस स्वीकार गरेका हुन्।

अब पाकिस्तानमा ९० दिनभित्र आम निर्वाचन हुनेछ । तर, इमरान त्यतिन्जेल कार्यवाहक प्रधानमन्त्री रहनेछन्। यअसघि विपक्षीले प्रधानमन्त्री इमरानविरुद्ध पेस गरेको अविश्वास प्रस्ताव राष्ट्रिय सभाका उपसभामुखले ‘विदेशी षड्यन्त्र’ र ‘असंवैधानिक’ भन्दै खारेज गरेका थिए भने लगत्तै इमरानले जनतामा जाने (निर्वाचन) उल्लेख गर्दै संसद् भंगका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए, जुन सदर भएको हो।