मस्कोमा बरिष्ठ साहित्यकार कृष्ण प्रकाश श्रेष्ठको स्मृतिसभा


गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रसिया र विश्व नेपाली साहित्य महासंघ रसियाको संयुक्त पहलमा मस्कोमा कृष्ण प्रकाश श्रेष्ठको बार्षीक पुण्य तिथीमा स्मृतिसभा सम्पन्न भएको छ । आउरा रेष्टुरेन्टको स्मृति समारोहमा रुसका लागि नेपालका कार्यवाहक राजदूत शुसिल घिमिरेको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सभापतित्व एनसीसी रसियाका कार्यवाहक अध्यक्ष केशव तिमिल्सिेनाले गरेका हुन ।

यसै गरि कार्यक्रममा गैर आवासीय नेपाली संघका केन्द्रिय सचिव गोविन्द प्रसाद गौतम, नेपाली राजदूतावासका तृतीय सचिव राज कुमार बस्नेत, रुस नेपाल खेलकूद तथा संस्कृति समाजका अध्यक्ष खेम राज लामिछाने एनसीसी रसियाका उपाध्यक्ष गणेश रामदाम, पूर्व अध्यक्ष एवम संरक्षक उत्सव अमात्य, संरक्षक एवम विश्व नेपाली साहित्य महासंघ रसियाका सल्लाहाकार डा. कुमार कार्की, एनसीसी रसियाका कोषाध्यक्ष किरण रानाभाट, महिला संयोजक सरस्वती ज्ञवाली, सह–कोषाध्यक्ष हिमाल खनाल, नेपाली छात्र संघका पूर्व अध्यक्ष संज्ञान कार्की, स्वगीर्य कृष्ण प्रकाश श्रेष्ठमा आफ्न्तहरु मारिना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । प्रमुख अतिथी घिमिरेले आफुले प्रत्यक्ष भेट्न नपाए पनि उहाँको बारेमा धेरै सुनेर जानेको र केही कृतिहरु पढेर उनको अद्भुत क्षमताको जानकारी पाएको बताएका हुन ।

त्यसै गरी गैर आवासिय नेपाली संघका केन्द्रिय सचिव गोविन्द प्रसाद गौतमले पुरा जिवन नेपाली साहित्यको समृद्धीमा र रुस नेपालको सम्बन्धको सेतु बनेर बिताएको स्मरण गरे । गौतमले अब त्यस्तो व्यक्ति जसले रसियामा बसेर रुसी साहित्यलाई नेपालीमा र नेपाली साहित्यलाई रसियनमा अथक मेहनत गरेर थुप्रै दर्जनौ कृतिहरुको अनुवाद गरेको भन्दै नेपाली साहित्यमा निकै योगदान रहेको बताए ।

त्यस्तो साहित्यिक व्क्ती यो युगमा रुसमा आउनै नसक्ने ठोकुवा गर्नु भयो।त्यहाँ उपस्थित उनकी छोरी लगायत सबैले श्रेष्ठको सरल जीवन मेहनत र प्रेरणादायक अभिभावकत्व गुमाएको बताएका छन् । कार्यक्रम एनसीसी रसियाका महासचिब एवंम विश्व नेपाली साहित्य महासंघ रसियाका सचिव इन्द्र भुषालले संचालन गर्नु भएको थियो।