टी–२० श्रृंखलाको उपाधि नेपाललाई


त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि नेपालले जितेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा पपुवा न्युगिनीलाई ५० रनले हराउँदै नेपालले उपाधि उचालेको हो।

टस हारेको नेपालले पीएनजीलाई १६९ रनको चुनौती पेस गरेको थियो। नेपाली बलिङसामु सुरुदेखि नै दबाबमा परेको पीएनजी ११८ रनमै समेटियो। जवाफी ब्याटिङमा रहेको पीएनजीले औसत सुरुवात गरेको थियो। यस्तोमा नेपाली बलरले अन्तिमसम्म दबाबमा राख्दा पीएनजी १६।१ ओभरमा सबै विकेट गुमाउँदै ११८ रनमा समेटिएको हो।

नेपाललाई श्रृंखला जिताउने क्रममा दिपेन्द्रसिंह ऐरी र करण केसीले अलराउन्डर प्रदर्शन गरे। दीपेन्द्रले ४ ओभर बलिङ गर्दै १८ रन मात्रै दिएर चारै विकेट लिन सफल भए।

चाँडै तीन विकेट गुमाएपछि पीएनजी अहिले दबाबमा परेको थियो। नेपाली बलरले दबाबमा राख्दै श्रृंखला पनि जित्न सफल भए।उल्लेख्य घरेलु दर्शकको साथ पाए पनि नेपाली खेलाडीहरूले सुरुवातमा निराशाजनक प्रदर्शन गरेका थिए।

यसअघि टस हारेर ब्याटिङमा उत्रेको नेपाललाई मध्य स्कोरमा पुर्‍याउने क्रममा करण केसी र दीपेन्द्र सिंह ऐरीले गतिलो साझेदारी गरेका थिए।