धादिङमा कांग्रेस नेताबीच कुटाकुट, टिकट विवाद हुदाँ अध्यक्ष तामाङ घाइते


धादिङ खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ टिकटका विषयमा विवाद हुँदा आक्रमणमा परी घाइते भएका छनन् । धादिङमा स्थानीय तहको निर्वाचनका लागि टिकटका विषयमा विवाद हुँदा नेपाली कांग्रेसका नेताबीच कुटाकुट भएको हो ।

हात हालाहाल हुँदा नेपाली कांग्रसका नेता तथा खनियावास गाउँपालिकाका अध्यक्ष तामाङ घाइते भएको प्रहरीले जनाएको छ ।तर उनको अवस्था सामान्य रहेको धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जागेश्वर भण्डारीले जानकारी दिए।

उनका अनुसार घटना मंगलबार रातिको हो। ‘एक जनालाई पक्राउ गरेर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन । आक्रमणबाट गाउँपालिका अध्यक्ष तामाङको अनुहारमा चोट लागेको देख्न सकिन्छ ।

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ। त्यसका लागि राजनीतिक दलहरू प्रचार अभियानका साथै उम्मेदवार चयनमा केन्द्रित भइरहेका छन्। निर्वाचनको समय नजिकीदै जाँदा नेताहरुबिी विवदा समेत बढेदै जाने भएको हो । जसको कारण सुरक्षा चुनौति समेत थपिएको छ ।