इन्द्रेणीका सञ्चालक कृष्ण कंडेल सम्मानित


नूर–गंगा प्रतिभा पुरस्कार गुठी २०७७ बाट कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेलसहित विभिन्न कलाकार तथा साहित्यकारहरु सम्मानित भएका छन् ।
आज राजधानीमा एक कार्यक्रम गरी इन्द्रेणी कार्यक्रमका सञ्चालक समेत रहेका कंडेललाई एक लाख नगद र प्रमाणपत्र सहित गुठीले सम्मान गरेको हो । नूर–गंगा स्थापित राष्ट्रिय लोकगायन पुरस्कारबाट सम्मान गरेको हो ।

त्यस्तै समानित हुनेहरुमा बालसाहित्य पुरस्कारबाट शारदारमण नेपाल र रन्जुश्री पराजुरी रहेका छन् । क्षेत्रीय लोक गायन पुरस्कारबाट रामचन्द्र चन्द्र, खेम सेन्चुरी, जोशिका कंडेल, रामप्रसाद पन्त, विभूति अधिकारी, अलिफ खान सम्मानित भएका हुन । पूर्व प्रधानन्यायधिश कल्याण श्रेष्ठको प्रमुख आतिथ्यतामा पुरस्कार विवतरण गरिएको हो ।