कोरोना महामारीमा योगदान गरेको भन्दै इन्द्रेणीका सञ्चालक कृष्ण कंडेल सम्मानित


आर के ईन्टरनेशनल ग्रुपले कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष्ँ कृष्ण कंडेलसहित विभिन्न क्ष्ँेत्रमा सामाजिक योगदान गरेको भन्दे सम्मान गरेको छ । आज राजधानीमा एक कार्यक्रम गरी इन्द्रेणी कार्यक्रमका सञ्चालक समेत रहेका कंडेललाई कोरोना महामारीको समयमा आफ्नो ज्यानको कुन प्रवाह नगरी अरुको ज्यान बचाउन लागेको भन्दै सम्मान गरेको हो ।

संस्थाको २२ औं स्थापना दिवसको अवसरमा सम्मान गरेको हो । यसरी सम्मानित हुनेहरुमा सडक कुकुरलाई खाना खुवाउने देखि धेरैपटक रगत दान गर्नेसम्म रहेका छन् । उनीहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले प्रमाण पत्र दिएका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले मुलुकलाई असहज भएको अवस्थामा मुलुक प्रति योगदान गर्ने सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरेकोमा आफु पनि मुृलुककै हितमा लागि परेको बताएका हुन ।

उनले राजनीतिलाई पेशा कहिल्यै नबनाई सेवाको रुपमा काम गरिरहेको भन्दै आफुलाई राजनीतिप्रति वितिष्ठा भएमा सन्यास लिने बताएका हुन । आफु राजनाीतिमा रहुनजेल सर्दैमा जनता र मुलुकको बीचमा रहेको सामाजिक फोहोरलाई उठाउने र त्यसको सही व्यवस्थापन गर्ने कार्यमा लागि रहने बताएका हुन ।

कार्यक्रममा सामाजिक अभियान्ता तथा इन्द्रेणीका कार्यक्रम सञ्चालक कंडेलले सबै सहयोगी मनहरुका आफुले दिनदुःखीहरुलाई सहयोग गर्ने माध्यम बन्न सफल भएको बताएका छन् । हुने र दिने र नहुनेले लिने मानव तिर्थस्थलमा सबैद सबैको आशा तथा भरोषका केन्द्र भई काम गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका हुन ।