भक्तपुरमा बिस्का जात्रा सुरु हुँदै


काठमाडौं, चैत्र २७। भक्तपुरको सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व बोकेको प्रसिद्ध बिस्का अर्थात बिस्केट जात्रा आजदेखि हुँदैछ । नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज बेलुका तमारीमा रहेको पाँचतले मन्दिर अगाडिबाट नकिङ्जु अजिमाको रथलाई घटखामा पुर्याएर भैरवनाथको रथ तानातान गर्दै सुरु गरिन्छ ।

जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ । बिस्का जात्राको पाँचौँं दिन अर्थात नयाँ वर्ष वैशाख १ गतेका दिन बेलुका अघिल्लो दिन उभ्याएको ५५ हाते लिङ्गो ढालिन्छ। लिङ्गो ढाल्नुभन्दा पहिला भैरव र बेतालको विधिवतरूपमा पूजा गरिन्छ।