काठमाडौं, चैत्र २८। निर्वाचन आयोगले २८ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छाप्ने काम सकिएको जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार पत्रकार सम्मेलनमार्फत २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकिएको जानकारी दिनुभयो उहाँका अनुसार अन्य जिल्लाका लागि मतपत्र छाप्ने काम जारी रहेको छ ।