बझाङका बाढी पिडितलाई इन्द्रेणी फाउण्डेशन मार्फत आर्थिक सहयोग हस्तान्तरण


कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनले बझाङका बाढी पिडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । वर्षायाममा बझाङमा आएको बाढी पहिरोबाट प्रभावित भएका घर परिवारलाई प्राप्त भएको रकम फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेलले एक कार्यक्रमका बीच रकम हस्तान्तरण गरेका हुन ।

विभिन्न सहयोगी मनहरुबाट संकलन भएको ५ लाख ५४ हजार ७ सय २५ रुपैयाँ सुदुर पश्चिमका वरिष्ठ गायक तथा सर्जक नरेन्द्रराज रेग्मीलाई चेक हस्तान्तरण गरिएको हो । भौगोलिक विकटता र समयको अभावका कारण रकम समयमै हस्तान्तरण गर्न केही ढिला भएको अध्यक्ष कंडेलले बताए ।

बाढी प्रभावित क्षेत्र बझाङको दुर्गम क्षेत्रमा रहेकाले सानो सहयोग गर्न जादाँ धेरै लगानी पर्ने भएकाले कलाकार मार्फत कम लागतमा पिडितसमक्ष पुगोस भन्ने उद्देश्यले हस्तान्तरण गरिएको हो ।