इन्द्रेणी फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेल सम्मानित


काठमाडौं, बैशाख ०३ । कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष कंडेललाई मृगौला पीडित सरोकार समाज नेपालले सम्मान गरेको छ । मृगौला रोग बारे जनसचेतनामुलक कार्यक्रम निरन्तर रुपमा उत्पादन तथा प्रशारण गरी मृगौला रोगबाट बच्ने उपाय, उपचार र समाधानका बारेमा लोक गित संगितको माध्यम मार्फत योगदान गरेको भन्दै सम्मान गरेको हो ।

इन्द्रेणी कार्यक्रम मार्फत नेपाली गित संगीतको विकास र पहिचानसंगै समाज रुपान्तरणमा खेलेको भूमिकाकाो उच्च मुल्याङकन गर्दै सम्मान गरिएको संस्थाका अध्यक्ष बलराम सुवेदीले जनाएका छन् । फाउण्डेशनका अध्यक्ष कंडेलले समाजमा रहेका दुःखी पीडित, दिर्घरोगीहरुका साथै प्राकृतिक प्रकोपबाट समस्यामा परेका परिवार तथा समुदाययलाई सहयोग गर्दै आएका छन् ।