अमेरिकामा गायक प्रकाश सपुतको प्रस्तुती, सयौं नेपाली सहभागी


अमेरिकमा नेपालीले लोक दोहोरीका साथ भव्य रुपमा नयाँ बर्ष बनाएका छन् । अमेरिकामा बसोवास गर्ने संगीतप्रेमि नेपाली युवा युवतीहरुको संक्रियतमा लोक दोहोरी गित आयोजना गरेको जनाएका हुन । चर्चित लोक गायक प्रकाश सपुत समेत यस कार्याक्रममा सहभागी हुन अमेरिका पुगेका छन् । सपूतसहित अमेरिकामा बसोबास गर्ने लोकगितका पारखी विष्णु डुम्रेले समेत आफ्नो प्रस्तती राखेका थिए ।

ए एन के ए (ANKA)का अध्यक्ष थिरलाल अर्यालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अघिकाश नेपालीहरुको सहभागिता रहेको आयोजनले बताएका छन् । नेपाली नयाँ वर्षको उपलक्ष्यमा औपचारीक कार्यक्रम गरी नेपालीका साथै विदेशी नागरिक समेत लोक साङगितिक कार्यक्रममा रमाएको संस्थाका सदस्य जीएस खनालले बताए ।

नेपालबाट विभिन्न कामको शिलशिलामा अमेरिका पुगेका युवाहरुले त्यहाँ समेत आफ्नो मुलुकको मौलिक संस्कृति संरक्षणमा जुटी मौलिक लोक दोहोरीको संरक्षण र प्रवद्र्धनमा एकजुट भएको सन्देश दिएका हुन ।

नेपालबाट अमेरिका पुगेका कलाकारले समेत यस क्षेत्रमा पुगी आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्ने बताएका छन् । काार्यक्रमको आयोजना ए एन के ए (ANKA) गरेको हो ।