स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवार मनोनयन गर्ने अन्तिम म्याद आजसम्म


काठमाडौं, बैशाख १२। उम्मेदवारको मनोनयन गर्ने आज अन्तिम दिन रहेको छ । निर्वाचन आयोगले आईतबार र सोमबार दुई दिन मुलुकभरका सबै स्थानीय तहहरुमा उम्मेदवार मनोनयन गर्न सुचिचत गरेको थियो । आयोगका अनुसार देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन सुरु हुनेछ । यो क्रम हिजो र आजसम्म मात्रै रहने आयोगले जनाएको छ ।

विगतको समयमा आयोगले मनोनयनका लागि एक दिन मात्रै समय निर्धारण गर्ने गरेको थियो । तर यो पटक भने २ दिन निर्धारण गरिएको छ । मनोनयनका क्रममा भीडभाड हुने भन्दै यो पटक आयोगले एक दुई दिन निर्धारण गरेको निर्वाचन आयोगले जनाएको छ । कानुनबमोजिम स्थानीय तह सदस्यको निर्वाचनमा उम्मेदवार बन्न योग्यता पुगेका कुनै पनि व्यक्तिले कुनै पनि समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने आयोगले जनाएको छ ।