एमाले विराटनगरको मेयरमा सागर थापा  र उपमेयरमा शिल्पा निराला कार्की 


काठमाडौं, बैशाख १२। नेकपा एमालेले विराटनगर महानगरपालिकामा नयाँ पुस्तालाई टिकट दिएको छ। एमाले विराटनगरको मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाएको महासचिव शंकर पोखरेलले जानकारी दिए।

सागर महानगर कमिटी अध्यक्ष हुन भने शिल्पा अनेमसंघ महानगर अध्यक्ष हुन्। एमालेले हेविवेट नेताहरुको दाबीलाई रोक्दै पपुलर उम्मेदवारलाई टिकट दिएको हो।