काठमाडौं, बैशाख १४। सरकारले उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो । मन्त्रालयका अनुसार रोक लगाइएका सामानहरुमा मोबाइल सेटदेखि जिप, कार र भ्यानहरु र २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकलसमेत छन् ।
त्यस्तै ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन,सबै प्रकारका खेलौनाहरु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, कुरकुरे, कुरमुरे, लेज र खेल्ने तास आयातमा रोक लगाइएको छ। तर एम्बुलेन्स र शववाहन प्रयोजनका लागि गाडी ल्याउन प्रतिबन्धन लागू नहुने मन्त्रालयले जनाएको छ । यस्तै हिराको औद्योगिक कच्चा पदार्थ ल्याउन भने छुट दिइएको छ । सरकारले आगामी असार मसान्तसम्मका लागि उक्त १० वस्तु आयातमा रोक लगाएको जनाएको छ । हेर्नुहोस् आयातमा रोक लगाइएका सामान के-के हुन् ?