स्थानीय तहको निर्वाचनमा एमालेसँग भएको तालमेल खारेज गर्ने सत्तारुढ दलको निर्णय (सहमति पत्रसहित)


सत्तारुढ दलहरुले नेकपा एमालेसँग भएको चुनावी तालमेल खारेज गर्ने निर्णय गरेको छ । गठबन्धनका शीर्ष नेताहरुको बुधबार बसेको बैठकले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तामेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णय भएको छ । दलहरुले यसअघि पनि गठबन्धनमा आवद्ध दल बाहेक अरुसँग तालमेल नगर्ने सहमति गरेका थिए ।

तर एकाध ठाउँमा कांग्रेस र एमालेबीच तालमेल भएको छ भने एकीकृत समाजवादीले समेत एमालेसँग तालमेल गरेको पाइएको नेताहरुले बताएका छन् ।

तालमेल खारेज भएका ठाउँमा गठबन्धनकै दलका अन्य उम्मेदवारलाई समर्थन गरेर अघि जाने विकल्पमा समेत छलफल भएको छ । स्थानीय तहको निर्वाचनमा गठबन्धनबीचको तालमेल प्रभावकारी नभएको भन्दै नेतृत्वको चर्को आलोचना भएको छ । हरेक जसो तह र वडामा अधिकाश गठबन्धन दललेप्यानलै दर्ता गरेका छन् ।