जेठ १ गतेदेखि हप्तामा २ दिन विदा दिने सरकारको निर्णय


सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले सो निर्णय गरेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बताए । उनका अनुसार कार्यालय समय भने विहानसाढे ९ बजेदेखि साढे ५ बजे सम्म हुने छ ।

विश्वव्यापी रुपमा आर्थिक संकट पर्न गएको भन्दै नेपाल सरकारले पनि इन्धनको बचत गरि आयात कम गर्न दुई दिन सरकारी विदा दिने अभ्यासको सुरुवात गर्ने भएको हो ।