मन्त्रिपरिषद् बैठक बस्दै, आईजीपी नियुक्त गर्ने तयारी


काठमाडौं, बैशाख १८। नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक आइतबार बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।  बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने बताइएको छ ।
दुवै संगठनको नेतृत्व आजबाट अनिवार्य अवकाशमा जान लागेकोले सरकारले यसको निर्णय गर्न लागेको हो । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरू र सशस्त्र प्रहरी बलका आईजीपी पुष्पराम केसी आजबाट अनिवार्य अवकाशमा जाँदै छन् ।