फेरि उठ्न छाडयो काठमाडौं उपत्यकाको फोहोर


काठमाडौं, बैशाख १९। काठमाडौं उपत्यकामा फेरि फोहोर उठ्न छोडेको छ । एक हप्तादेखि व्यवस्थापन नभएपछि उपत्यकामा फाेहर थुप्रिन थालेको हो । पासाङल्हामु राजमार्ग स्तरोन्नतिमा ढिलासुस्ती र लापरबाही भएको भन्दै स्थानीय बासिन्दा फेरि आन्दोलनमा उत्रिएपछि फोहोर उठ्न छोडेको हो । नुवाकोटमा रहेको सिसडोल ल्यान्डफिल साइट जाने सडक क्षेत्रका स्थानीय बासिन्दा आन्दोलनमा छन् । उनीहरूले एक हप्तादेखि सडक बन्द गरेका छन् ।

राजमार्ग कालपत्र गर्न माग गर्दै यसअघि पनि स्थानीय बासिन्दाले अवरोध गरेका थिए । अहिले काठमाण्डौ उपत्यकाका दुई महानगरपालिकासहित १८ पालिकाको फोहोर नुवाकोटको सिसडोलमा विसर्जन हुँदै आएको छ। उपत्यकामा दैनिक एक हजार मेट्रिक टन फोहोर उत्पादन हुन्छ । सरकारले सहमति अनुसार काम नगरेको भन्दै ल्यान्डफिल साइटका स्थानीय बासिन्दाले आन्दोलन गर्दै आएका छन् । जसले गर्दा उपत्यकाको फाेहर व्यवस्थापनमा समस्या हुँदै आएको छ ।